चीनद्वारा विश्वभरि ७० भन्दा बढी वैदेशिक लगानी सहयोग कार्य टोली स्थापित
2024-10-04 16:22:26cri
Share with:

हालै चीनको वाणिज्य मन्त्रालयबाट थाहा पाए अनुसार, चीनले विश्वभरि  ७० भन्दा बढी बैदेशिक लगानी सहयोग कार्य टोली स्थापित गरेको छ। ती कार्य टोलीले बहुपक्षीय र द्विपक्षीय आर्थिक र व्यापार सहयोग संयन्त्र र लगानी सहयोग कार्य समूहको भूमिकालाई पूर्ण रूपमा खेलिरहेका छन्, सम्बद्ध देशहरूसँगको सम्पर्क र समन्वयलाई सुदृढ बनाइरहेको छ।

नयाँ उदीयमान क्षेत्रहरुमा लगानी गर्ने सम्बन्धमा सन् २०२३ यता चीनले हरित विकास, डिजिटल अर्थतन्त्र र निलो अर्थतन्त्रका क्षेत्रमा अन्य मुलुकसँग सहकार्य प्रगाढ बनाउन सम्बन्धित मुलुकसँग हरित, डिजिटल र नीलो अर्थतन्त्रमा लगानी सहयोगसम्बन्धी ४२ वटा समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ। बैदेशिक लगानीको सम्पूर्ण श्रृंखलाको व्यवस्थापन सुधार गर्ने सन्दर्भमा, चीनले वैदेशिक लगानीको सम्पूर्ण चक्रको वरिपरि फाइलिंग र अनुमोदन, सूचना रिपोर्टिंग जस्ता सम्पूर्ण प्रक्रिया व्यवस्थापन प्रणाली स्थापना गरेको छ। देशभर वैदेशिक लगानीका लागि विद्युतीय अनुमतिपत्रको प्रवर्द्धन र प्रयोगलाई तीव्रता दिइएको छ र हालसम्म ४०हजार भन्दा बढी विद्युतीय अनुमतिपत्र जारी भइसकेका छन्। यसबाहेक, चीनले वैदेशिक लगानीको सम्पूर्ण प्रक्रिया र चक्रलाई समेट्ने व्यापक सेवा प्रणाली पनि स्थापना गरेको छ।