सुरक्षा परिषद् र संयुक्त राष्ट्रसङ्घको महासभाका आतङ्कवाद विरोधी प्रस्तावहरू र ‘संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी आतङ्कवाद विरोधी रणनीति’लाई पूर्ण रूपमा कार्यान्वयन गर्दै, सुरक्षा परिषदद्वारा सूचीकृत सबै आतङ्कवादी सङ्गठनहरू र व्यक्तिहरूमाथि संयुक्त रूपमा कारबाही गर्नुपर्छ। साथै अन्तर्राष्ट्रिय आतङ्कवाद विरोधी सहकार्यमा संयुक्त राष्ट्रसङ्घको केन्द्रीय समन्वयकारी भूमिकाको गम्भीरतापूर्वक संरक्षण र सुदृढीकरण गर्न आवश्यक रहेको छ। उक्त कुरा संयुक्त राष्ट्रसङ्घका लागि चीनका आवासीय प्रतिनिधि कङ श्वाङले अक्टोबर ३ तारिख संयुक्त राष्ट्रसङ्घको महासभाको छैटौँ समितिले ‘अन्तर्राष्ट्रिय आतङ्कवाद उन्मूलनका कदमहरू’ विषयक छलफलमा सम्बोधन गर्दा भन्नुभएको हो।
आफ्नो सम्बोधनमा कङ श्वाङले ‘अन्तर्राष्ट्रिय आतङ्कवादको उन्मूलनका लागि प्रस्तावहरू अगाडि सार्नुभएको छ। ती प्रस्तावहरु यस प्रकार छनः पहिलो, बहुपक्षीय सहयोगको पालना। दोस्रो, कानुनको अन्तर्राष्ट्रिय शासनको निरन्तरता । तेस्रो, व्यापक नीतिहरूको पालना र चौथो, सशक्तीकरण र दक्षतामा जोड।
चिनियाँ प्रतिनिधि कङले अगाडि भन्नुभयोः चीन आतङ्कवादको सिकार हो। ‘पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन’ संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदद्वारा सूचीबद्ध एक अन्तर्राष्ट्रिय आतंकवादी संगठन हो र यसले चीनमा धेरै अमानवीय आतंकवादी हमलाहरू गरेको छ। ‘फिडायीन माजिद ब्रिगेड’ बितेका वर्षहरूमा सक्रिय छ, जसले चीन, पाकिस्तान लगायतका देशहरूको सुरक्षालाई गम्भीर रूपमा खतरामा पारेको छ। यी २ आतंकबादी संगठनमाथि कारबाही गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा हितमा छ।