नामिबियाका राष्ट्रपति नाङ्गोलो बुम्बाले हालै चाइना मिडिया ग्रूपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ। अन्तर्वार्तामा राष्ट्रपति बुम्बाले सन् २०२४ को फोकाक बेइजिङ शिखर सम्मेलन सबैभन्दा ठूलो भएको बताउनुभयो। चीन र अफ्रिका सहयोगबारे चर्चा गर्दै उहाँले विश्वमा शान्तिपूर्ण स्थिर वातावरणको सिर्जना गर्न दुवै पक्षले हातेमालो गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। यसो गर्दा, विज्ञान र प्रविधिको क्षेत्रमा विज्ञान, प्रविधि, नवप्रवर्तन र विकासको फलको खुला साझेदारी सुनिश्चित गर्नसक्ने विश्वास पनि उहाँले गर्नुभयो। चीन र अफ्रिका मिलेर अगाडि बढ्नेछन्, जसले विश्वका जनताका लागि वास्तविक समृद्धि ल्याउनेमा पनि उहाँले जोड दिनुभयो।
अफ्रिकी देशहरू र विश्वका अन्य भागहरूको सहयोग संयन्त्रको तुलनामा चीन-अफ्रीका सहयोग मञ्चको विशेषताहरूबारे चर्चा गर्दै नामिबियाका राष्ट्रपति बुम्बाले यसरी भन्नुभयो: ‘म हाल चीन-अफ्रिका सहयोग मञ्चमा ध्यान केन्द्रित गरिरहेको छु। चीनको बेल्ट एण्ड रोड अवधारणा (बीआरआई)जस्तै चीनले अघि सारेका अन्य पहलहरू पारस्परिक रूपमा सुदृढ गर्नसकिन्छ। बीआरआईले विकासको खाँचो भएका क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दछ, जसले एउटा देशलाई मात्र फाइदा पुर्याउनु होइन बरु व्यापार, अर्थव्यवस्था, विज्ञान र प्रविधि र शिक्षामा बहुदलीय विकासलाई बढाइदिन्छ। यो निकै आवश्यक छ। त्यसैले, चीन-अफ्रिका सहयोग मञ्च धेरै महत्त्वपूर्ण र अद्वितीय छ, जहाँ हामी वाणिज्य, व्यापार र नयाँ ऊर्जाको विकास जस्ता विषयहरूमा छलफल गर्दछौं। हामी शिखर सम्मेलनको व्यवस्थाबाट धेरै सन्तुष्ट छौं। चीनसँग विभिन्न किसिमका सहकार्य जारी राख्ने इच्छा लिएका छौं।’