पाकिस्तानको कराँची विमानस्थल नजीक भएको हमलामा २ चिनियाँको मृत्यु
2024-10-07 16:41:29cri
Share with:

 

अक्टोबर ७ तारिख पाकिस्तानका लागि चिनियाँ दूतावासले कासिम बन्दरगाह विद्युत लिमिटेड कम्पनीको गाडी टोलीमाथि आतंकवादी आक्रमण गरिएकोबारे एउटा वक्तव्य जारी गरेको छ।

 

सो वक्तव्यमा भनिएको छ, ‘अक्टोबर ६ तारिख राति ११ बजेतिर चिनियाँ पूँजीद्वारा सञ्चालित व्यवसाय अर्थात् कासिम बन्दरगाह विद्युत लिमिटेड कम्पनीको गाडी टोलीमाथि कराँची जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजीक आतंकवादी आक्रमण गरिँदा २ जना चिनियाँको मृत्यु हुनुका साथै १ जना चिनियाँ र धेरै पाकिस्तानीहरू घाइते भएका छन्।

 

पाकिस्तानका लागि चिनियाँ दूतावासले उक्त आतंकवादी गतिविधिको कडा शब्दमा निन्दा गर्नुका साथै दुवै देशका मृतकप्रति गहिरो  श्रद्धान्जली व्यक्त गर्दै घाइते र मृतकका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।