लेबनानमा इजरायली हवाई आक्रमणबारे अमेरिकी सरकारद्वारा टिप्पणी
2024-10-07 17:43:40cri
Share with:

 

अक्टोबर ६ तारिख अमेरिकी विदेश विभागका प्रवक्ताले अमेरिकाले लेबनानमा "चरमपन्थी लक्ष्यहरू" पछ्याउन इजरायललाई समर्थन गर्ने, तर इजरायलले नागरिक वा नागरिक पूर्वाधारलाई लक्षित गरेको कुरामा समर्थन नगर्ने कुरा बताएका छन्।

 

ती प्रवक्ताले अमेरिकाको लक्ष्य भनेको लेबनानमा युद्धविराम कायम गर्न र कूटनीतिक वार्ताका लागि केही स्थान उपलब्ध गराउनु रहेको बताए।

 

हाल इजरायलले लेबनानको हिजबुल्लाहमा आक्रमणको कदम चाल्दैआएको र लेबनान-इजरायलबीच गम्भीर स्थिति तीव्र गतिमा बढेको छ जसले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता पैदा गरेको छ।

 

यसैबीच पोलिटिको वेबसाइटको समाचारले अमेरिकी सरकारले सार्वजनिकरूपमा युद्धविरामको लागि आह्वान गरिरहेको बेला अमेरिकी अधिकारीहरू गोप्य रूपमा हेजबुल्लाहको सैन्य कारबाही बढाउन इजरायललाई सहयोग प्रदान गरिरहेका कुरा सार्वजनिक गरेको छ।