हान लु भन्ने सौर्य अवधि
2024-10-07 16:53:36CRI
Share with:

अक्टोबर ८ तारिख चिनियाँ परम्परागत पात्रो अनुसार २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् हान लु हुनेछ। त्यसै दिनदेखि शरद् ऋतु हिउँद ऋतुमा परिणत हुन थाल्दछ। त्यसै दिनमा चिनियाँ जनताले शरद् ऋतुका सुन्दर पातहरूको अवलोकन गर्ने, शरद् ऋतुको विशेषतायुक्त चिया खाने, झिँगे माछा खाने र खसीको मासु खाने लगायतका विविध तरिकामार्फत हिउँद ऋतुको स्वागत गर्ने गर्दछन्।