चीनले लेबनानलाई आपतकालीन मानवीय सहायता उपलब्ध गराउने
2024-10-08 18:31:33cri
Share with:

चीनको अन्तर्राष्ट्रिय विकास सहकार्यका प्रवक्ता ली मिङले अक्टोबर ८ तारिख लेबनान र इजरायलको अवस्था हालसालै झन् बढेको र लेबनानका धेरै ठाउँमा भएका सञ्चार उपकरण विस्फोट हुनुका साथै हवाई हमलाहरूमा परी ठूलो जनसंख्या प्रभावित रहेको  बताउनुभएको छ।

 

लेबनान सरकारको अनुरोधमा चीन सरकारले लेबनानलाई चिकित्सा राहत कार्यमा मद्दत गर्न आपतकालीन मानवीय चिकित्सा सामग्री सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।