आशियान शिखर सम्मेलन लाओसमा शुरू
2024-10-09 16:53:52cri
Share with:

 

अक्टोबर ९ तारिख बिहान ४४औँ र ४५औँ आशियान सम्मेलन आशियानको वर्तमान अध्यक्ष मुलुक लाओसको राजधानी भियन्टाइनमा औपचारिक रूपमा शुरू भएको छ। यस आशियान शिखर सम्मेलनमा आशियान मुलुक, आशियान संवाद साझेदार मुलुक र पर्यवेक्षक मुलुक लगायतका २० मुलुकका नेता तथा संयुक्त राष्ट्र संघ लगायत विविध अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

 

३ दिने शिखर सम्मेलन अक्टोबर ९ देखि ११ तारिखसम्म चल्नेछ। आपसी सम्पर्क, आपसी आवत-जावत र लचिलोपनलाई सबल पार्ने भन्ने सो शिखर सम्मेलनको मुख्य नारा रहेको छ। सम्मेलन अवधिमा सहभागी अतिथिहरूले वर्तमान विश्वव्यापी आर्थिक, राजनीतिक र सुरक्षा चुनौतीको सामना गर्दा आशियान मुलुकहरूबीच क्षेत्रीय सम्पर्क र आदानप्रदानलाई अघि बढाउने, आर्थिक लचिलोपनलाई उकास्ने र पारस्परिक सहकार्यलाई सबल पार्ने आवश्यकताबारे विचार-विमर्श गर्नेछन्।

 

सम्मेलन अवधिमा आशियान मुलुकहरूले विविध पूर्ण बैठकको आयोजना गर्नुका साथै चीन र अमेरिका लगायतका संवार्ता साझेदार मुलुकसित द्विपक्षीय र बहुपक्षीय बैठकको पनि आयोजना गर्ने कार्यक्रम रहेको छ।