चिनियाँ प्रधानमन्त्री ली छ्याङ भियटाइनमा आसियान नेताहरूको बैठकमा सहभागी हुँदै लाओसको औपचारिक भ्रमणमा
2024-10-10 18:07:06cri
Share with:

आसियानको घुम्ती कुर्सी सम्हालिरहेका लाओसका प्रधानमन्त्रीको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली छ्याङले अक्टोबर ९ तारिख दिउँसो चार्टर्ड उडानद्वारा भियन्टाइन पुगी पूर्वी एसियाली सहयोग संगठन आसियानका नेताहरूको शृंखला बैठकमा भाग लिनुका साथै लाओसको औपचारिक भ्रमण शुरू गर्नुभएको छ।

 

स्थानीय समय अनुसार अक्टोबर ९ तारिख साँझ प्रधानमन्त्री ली छ्याङ चार्टर उडानबाट भियनटाइनको वाटटे एयरपोर्टमा पुग्नुभएको थियो। ली छ्याङले क्षेत्रीय सहयोगमा आसियानको केन्द्रीय स्थानलाई चीनले दृढतापूर्वक समर्थन गरिरहेको कुरा बताउनुभयो। साथै उहाँले साझा भविष्यका साथ चीन-लाओस समुदायको निर्माणमा थप ठोस प्रगति हासिल गर्न लाओससँगको मित्रता र सहयोगलाई सुदृढ गर्न चीन इच्छुक रहेको कुरा औंल्याउनुभयो।