जर्मनी, इराकआदि मुलुकका व्यक्तिहरूद्वारा चीनको विकास उपलब्धिको सकारात्मक मूल्यांकन
2024-10-11 15:31:48cri
Share with:

जन गणतन्त्र चीन स्थापनाको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा जर्मनी, इराकआदि मुलुकहरूका व्यक्तिहरूले विगत ७५ वर्षयता चीनले प्राप्त गरेको आर्थिक विकास उपलब्धिको उच्च मूल्यांकन गरेका, छ भने चीनसँगको सहयोगलाई सबल पार्ने र विश्वव्यापी चुनौतीको सामना गर्ने कुरा बताएका छन्।

 

स्थानीय समय अनुसार सेप्टेम्बर २० तारिख हेम्बर्गस्थित चिनियाँ महावाणिज्य दूतावासले जन गणतन्त्र चीन स्थापनाको ७५औं वार्षिकोत्वको स्वागत समारोहको आयोजना गरेको थियो। जमर्नीको हेम्बर्ग शहरको भवन तथा आबास विभागका प्रमुख कारेन पेनेले सम्बोधन गर्दै चीन हेम्बर्ग बन्दरगाहको सबैभन्दा महत्वपूर्ण व्यापारिक साझेदार हो भन्दै पाँच सय वटा चिनियाँ पूंजीबाट संचालित उद्योग-व्यवसाय हेम्बर्गमा रहेको, चीनले प्राप्त गरेको विकास उपलब्धिबाट जर्मनी खास गरी हेम्बर्ग लाभान्वित भएको कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ “हेम्बर्ग शहरले चीनसँग घनिष्ठ सम्पर्क कायम राखेकोमा मलाई खुशी लाग्यो। यसले चीन र जर्मनीको द्विपक्षीय सम्बन्धको विकासका लागि शक्ति थपिदिएको छ। यो मैत्रीपूर्ण सम्बन्ध दुई पक्षको साझा प्रयासको नतिजा हो। भविष्यमा हेम्बर्गले चीनसँग निरन्तर रुपमा सहयोगलाई सबल पार्ने, विश्वव्यापी चुनौतीको संयुक्त रुपमा सामना गर्ने, विश्व शान्ति, स्थिरता र विकासका लागि योगदान दिने अपेक्षा गरेको छ।”

 

उक्त स्वागत समारोहमा सहभागी हेम्बर्ग शहरका भूतपूर्व विज्ञान तथा प्रविधि प्रमुख रोलान्ड साल्चोले गत शताव्दीको असी दशकदेखि चीनको भ्रमण गर्नुभएको थियो। चीनले उहाँको मनमा गहिरो छाप पारेको छ। उहाँ भन्नुहुन्छ “चीनको विभिन्न क्षेत्रको निर्माणले उत्कृष्ट उपलब्धि हासिल गरेको छ। सन् १९८६ देखि हालसम्म मैले हरेक वर्ष दुई तीन पटक चीन जाने गरेको छु। मैले चीनको उच्च गुणस्तरीय विकासको अनुभव गरेँ। खास गरी चीन सरकारले चिनियाँ चिकित्सा तथा जडिबुटीमा महत्व दिन्छ।”

 

सेप्टेम्बर १९ तारिख राति इरकी कुर्दिस्तानको डेमोक्र्याटिक पार्टीको राजनीतिक व्यूरोका सदस्य कामेलले एर्बिलस्थित चिनियाँ महावाणिज्य दूतावासले आयोजना गरेको स्वागत समारोहमा उपस्थित हुँदै चीनले प्राप्त गरेको ठूलो उपलब्धिको मूल्यांकन गर्नुभयो। उहाँ भन्नुहुन्छ “जन गणतन्त्र चीन स्थापनाको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा हामीले चिनियाँ जनतालाई शुभकामना दिन चाहन्छौं। चीनले हालैका वर्षहरूयता विश्वका लागि महत्वपूर्ण योगदान दिएको छ। अर्थतन्त्र, विज्ञान तथा प्रविधि क्षेत्रमा चीनले तिब्र विकास गरेको छ। हाल इराकी कुर्दिस्तान स्वशासित क्षेत्रमा हामीले चीनसँग राम्रो र दृढ सम्बन्धको स्थापना गर्न प्रयास गर्दैछौं।”