सिन्च्याङ - रेशममार्गको “कच्चा माटो वास्तुकला सङ्ग्रहालय”
2024-10-11 16:32:07CRI
Share with:
हजारौँ वर्षको इतिहास बोकेको थूयूकौ गाउँ सिन्च्याङको शानशान जिल्लामा अवस्थित छ। यो चीनको ऐतिहासिक तथा साँस्कृतिक रूपमा प्रसिद्धी कमाएको गाउँ हो। यो गाउँ प्राचीन रेशममार्गको बाटो भएकोले विश्वका विभिन्न सँस्कृतिहरू जोडिएको ठाउँ पनि हो। यो गाउँमा २० भन्दा बढी बहुमूल्य पुराना आकर्षणहरू छन्।
यो गाउँका परम्परागत आबासहरू प्राकृतिक भूबनोटअनुसार सामान्य लोसद्वारा बनाइएका थिए। साँस्कृतिक र प्राकृतिक दृश्यको मिश्रणले यस ठाउँलाई सिन्च्याङको “कच्चा माटो वास्तुकला सङ्ग्रहालय”भनिन्छ।