चिनियाँ राज्य परिषद् सूचना कार्यालयले अक्टोबर १२ तारिख बिहान पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो सम्मेलनमा अर्थ मन्त्रालयका जिम्मेवार व्यक्तिले ‘आर्थिक वृद्धि नीति लागू गर्ने र उच्च गुणस्तरीय आर्थिक विकास प्रवर्द्धन गर्ने’ शीर्षकमा आर्थिक अवस्था प्रस्तुत गर्दै पत्रकारका प्रश्नको जवाफ दिनुभयो।
चीनका अर्थमन्त्री लान फु आनले सक्रिय वित्तीय नीतिको कार्यान्वयनले स्पष्ट नतिजा हासिल गरेको र राष्ट्रिय रणनीतिक कार्यको कार्यान्वयन सुनिश्चित भएको कुरा बताउनुभयो।
ल्यान फु आनले आर्थिक स्थिररूपमा बृद्धि बनाउने, आन्तरिक मागको विस्तार बनाउने र जोखिम नियन्त्रणका आधारमा अर्थ मन्त्रालयले निकट भविष्यमा क्रमशः समानुपातिक नीतिगत उपायहरू अघि बढाउने कुरा व्यक्त गर्नुभयो।