टर्कीका ७०% भन्दा बढी नेटिजनहरूद्वारा चिनियाँ गाडीहरूमा अतिरिक्त शुल्क लगाउनु निर्णयको विरोध
2024-10-12 18:09:01cri
Share with:
हालै टर्की सरकारले चीनबाट आयात हुने विद्युतीय गाडी र अन्य सवारी साधनमा ४० प्रतिशत अतिरिक्त शुल्क लगाएको छ भने आयातित लाइसेन्सको स्थापना गरेको छ।
यस घटनाको प्रतिक्रियामा चाइना मिडिया ग्रुपले सीजीटीएन टर्क मा "के तपाईं चीनको नयाँ ऊर्जा सवारी साधनहरूमा अतिरिक्त शुल्क लगाउने कुरामा सहमत हुनुहुन्छ?" शीर्षक सर्वेक्षण गरेको थियो। त्यसपछि २४ घण्टा भित्र एक हजार भन्दा बढी नेटिजेनहरूले मतदानमा भाग लिए र ७३% भन्दा बढी नेटिजन्सहरूले स्पष्टरूपमा चिनियाँ अटोमोबाइल उत्पादनमा शुल्क लगाएको गतिविधिको विरोध गरेका थिए। किनभने सो कदमले चिनियाँ अटोमोबाइल कम्पनीहरूको विश्वासलाई कमजोर बनाउनेछ र भविष्यमा चिनियाँ लगानी टर्की बजारबाट अरू देशतिर सर्ने सम्भावना हुनसक्छ।