अक्टोबर १२ तारिख चिनियाँ राष्ट्रिय चित्रकला प्रतिष्ठान र चाइना मिडिया ग्रुपको सामाजिक शिक्षा कार्यक्रम केन्द्रले संयुक्तरूपमा आयोजना गरेको "जन गणतन्त्र चीन स्थापनाको ७५औँ वार्षिकोत्सव सम्बन्धी राष्ट्रिय कला प्रदर्शनी" पैचिङमा सुरु भयो।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्युङ र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री एवम् संस्कृति तथा पर्यटन मन्त्री सुन ये लीले सो प्रदर्शनीको भ्रमण गर्नुभयो।
"जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव राष्ट्रिय कला प्रदर्शनी" मा कुल ४०० वटा कलाकृतिहरू प्रदर्शन गरिएको छ जसको उद्देश्य जन गणतन्त्र चीनको ७५ वर्षको गौरवशाली इतिहास बताउन कलात्मक कार्यहरू प्रस्तुत गर्नु हो साथै चीनको र महान मातृभूमिको समृद्धिको स्नेहपूर्वक प्रशंसा देखाउनु हो।