पैचिङ विदेशी भाषा विश्वविद्यालयमा माडागास्कर भाषाको पाठ्यक्रम सन् २०१५ मा स्थापना गरिएको थियो। सन् २०२१ को सेप्टेम्बरमा पहिलो पटक स्नातक विद्यार्थीहरूको भर्ना लिइयो र हाल यो चीनमा एक मात्रको कार्यक्रम हो। सन् २०२२ को सेप्टेम्बरमा थाङ लै यो कार्यक्रमको बाह्य शिक्षक बनेर “माडागास्कर भाषाका बोलीचाली” र “माडागास्कर भाषा दृश्य श्रवण” जस्ता पाठ्यक्रमहरूको शिक्षण गरिरहेका छन्।
“अफ्रिकी देशका मानिसहरूले चिनियाँ भाषा सिक्दै छन् भने चीनमा पनि केही चिनियाँहरूले अफ्रिकी देशका भाषाहरू सिक्दै छन्, म यो कुरामा विश्वास गर्दछु कि यसले चीन र अफ्रिकाका जनतालाई नजिक ल्याइरहेको छ। मेरा विद्यार्थीहरू सबै मेहनती छन्, कक्षामा होस् वा कक्षाबाहिर, उनीहरू मसँग प्रश्न गर्न आउँछन्।”
सन् २०२३ को उत्तरार्धमा थाङ लैका विद्यार्थीहरू माडागास्करमा केही महिनासम्म परामर्श र अध्ययन गर्न गएका थिए। तत्काल उनले माडागास्करमा आफ्ना चिनियाँ विद्यार्थीहरूको साथमा यात्रा गर्दै उनीहरुलाई आफ्नै घरमा आमन्त्रण गरेका थिए र उनीहरुलाई आफ्ना परिवार र साथीहरूसँग चिनाउने काम पनि गरेका थिए।
“परिवारका सदस्यहरू चिनियाँ विद्यार्थीले माडागास्कर भाषा अध्ययन गरिरहेको देख्दा तिनीहरूले यो निकै दुर्लभ कुरा ठानेका थिए, त्यसैले परिवारका सदस्यहरू यी विद्यार्थीहरूसँग भेट्दा निकै उत्साहित थिए।”
त्यस पटक माडागास्करबाट पैचिङ फर्कंदा थाङ लैले केही माडागास्कर भाषाका प्रकाशनहरू आफ्नो साथमा लिएर आए, जसलाई उनले शिक्षणको समयमा सन्दर्भको रूपमा प्रयोग गर्न सकिएको थियो। युवाहरू चीन-अफ्रिका संवादको भविष्य हुन् र आफ्नो काम निकै महत्त्वपूर्ण रहेको उनलाई लाग्छ।
“दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति मन्डेलाले एउटा कुरा भन्नुभएको छ, यदि तपाईंले कुनै व्यक्तिसँग उसले बुझ्ने भाषामा कुरा गर्नुहुन्छ भने, त्यो कुरा उसले आफ्नो दिमागमा राख्छ; तर यदि तपाईंले उसकै मातृ भाषामा कुरा गर्नुहुन्छ भने, तपाईंको शब्दहरू सीधा उसका मुटुमा पुग्छन्। माडागास्कर भाषा अध्ययन गर्ने यी विद्यार्थीहरू चीन-अफ्रिका सहकार्यको भविष्य हुन्, र उनीहरूलाई राम्रोसँग विकास गर्नु एकदमै महत्त्वपूर्ण र अनिवार्य कुरा हो। युवाहरू चीन-अफ्रिका सम्बन्धको आशा हुन्, त्यसैले मलाई लाग्छ कि मेरो काम अत्यन्त महत्त्वपूर्ण छ।”
यस वर्षको मार्च महिनाबाट चाइना मिडिया ग्रुपले १२ वटा विदेशी संचार भाषाहरू थपेको छ, जसले गर्दा थप देश र क्षेत्रका मानिसहरूले सीजीटीएनका नयाँ भाषा सामाजिक प्लेटफर्ममार्फत चीनबाट सुनिने आवाज सुन्न पाउँछन्। यसमा, अफ्रिकी क्षेत्रमा माडागास्कर भाषासहित ५ वटा भाषा समावेश छन्। थाङ लैले चीन-आफ्रिका मानवविज्ञान संवादको वृद्धि र परस्पर ज्ञानको आवश्यकताको महत्त्व बढ्दै जाँदा यस्ता सञ्चार माध्यमको भूमिका पनि झन् महत्त्वपूर्ण बन्ने व्यक्त गरेका छन्।
“चाइना मिडिया ग्रुपले माडागास्कर भाषामा अन्तर्राष्ट्रिय प्रसारण हुनु निकै राम्रो कुरा हो, किनकि चीनप्रति चासो राख्ने माडागास्करका मानिसहरूको सङ्ख्या पक्कै वृद्धि हुनेछ ।”