हालै, चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना कार्यालयले चन्द्रमा अवतरण सूटका लागि नाम आह्वान गर्नुका साथै पहिलोचोटी चीनको चन्द्रमामा स्पेससुट सार्वजनिक गरेको छ।
चन्द्रमामा स्पेससुट भविष्यमा मानववाहक चन्द्रमा अन्वेषण मिशनको मुख्य उपकरणहरूमध्येको एक हो। जसले चन्द्रमामा उड्डयन गोदामबाहिर गतिविधि गर्दा अन्तरिक्ष यात्रीका लागि जीवन प्रत्याभूति र परिचालन समर्थन गर्ने गर्दछ। यसलाई लगाएर अन्तरिक्ष यात्रीले चन्द्रमामा हिँड्न, आरोहण गर्न, गाडी चलाउन तथा वैज्ञानिक अनुसन्धान आदि गतिविधि गर्न सक्दछन्। सन् २०२० मा अनुसन्धान तथा विकास सुरू भएदेखि, चन्द्रमामा अवतरण सूटले धेरै प्रमुख प्रविधिमा सफलता हासिल गरेको छ। जसले चीनको पहिलो मानववाहक चन्द्रमा अवतरण मिशनका लागि सुदृढ आधार तयार गरेको छ।