अक्टोबर १५ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो।
विश्व बौद्धिक सम्पदा संगठनले हालै जारी गरेको "ग्लोबल इनोभेसन इन्डेक्स प्रतिवेदन २०२४" मा चीनको ग्लोबल आविष्कार शक्ति वर्गीकरण गत वर्षको तुलनामा एक स्थान बढेर ११औं स्थानमा पुगेको छ र यो शीर्ष ३०मध्ये एक मात्र मध्यम आय भएको अर्थतन्त्र भएकोबारे एक पत्रकारले चिनियाँ परराष्ट्र प्रवक्ताको प्रतिक्रिया मागेका छन्।
माउ निङले सन् २००७ मा ग्लोबल इनोभेसन इन्डेक्स प्रतिवेदन पहिलो पटक सार्वजनिक भएदेखि चीनको विभिन्न वर्गीकरणमा निरन्तर सुधार भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यस वर्षको प्रतिवेदनले देखाउँछ कि चीन विगत १० वर्षमा सबैभन्दा छिटो बढ्दो आविष्कार शक्ति भएको अर्थतन्त्र हो। हामीले १६० भन्दा बढी देश र क्षेत्रहरूसँग वैज्ञानिक र प्राविधिक सहयोग सम्बन्ध स्थापना गरेका छौं र ११८ अन्तरसरकारी वैज्ञानिक र प्राविधिक सहयोग सम्झौताहरूमा हस्ताक्षर गरेका छौं।’
प्रवक्ता माउ निङका अनुसार चीनको राम्रो नवप्रवर्तनको वातावरण र समृद्ध मानव संसाधनले पनि धेरै बहुराष्ट्रिय कम्पनीहरूलाई चीनमा अनुसन्धान र विकास केन्द्रहरू स्थापना गर्न आकर्षित गरेको छ।