#अल्पसंख्यक जाति# ७० वर्षमा तिब्बतको यातायातको विकास-५
2024-10-15 09:30:59CRI
Share with:

यातायातको विकासबाट सर्वसाधारणको पैसाको थैलो बाक्लो हुँदै गइरहेको छ भने विशेषतायुक्त उद्योग पनि विकसित हुँदै गइरहेको छ। 

चालु वर्ष जुलाइ १७ तारिख ह्वाचु ग्रुपले चीनमा एक हजारौं होटेल सिचाङ अर्थात तिब्बतको मोथो जिल्लामा सञ्चालित गरेको छ। तपाईंलाई थाहा छैन होला, मोथो जिल्ला चीनमा राजमार्ग सञ्चालित भएको अन्तिम जिल्ला हो। हानन्टिङ होटल हेरेर सछ्वान-सिचाङ लाइनमा गाडी यात्रा गर्ने यात्रुहरूलाई अचम्म  लाग्छ। तर यो होटेल स्थानीय सर्वसाधारणका लागि अझ “नयाँ कुरा” होइन।

 

सन् २०१३ अक्टोबर ३१ तारिखदेखि मोथो जिल्लामा राजमार्ग सञ्चालित भएको थियो। सन् २०१७ देखि २०२०सम्म चीनले अझ बढी लगानी गरेर मोथो जिल्लामा ग्रामीण राजमार्गको मानकीकृत रूपान्तरण गरेको थियो। मोथो जिल्लाका सबै बस्ती र गाउँसम्म यात्रुवाहक गाडी सञ्चालन गरिएको छ। 

यातायात सुविधाजनक भएपछि स्थानीय सर्वसाधारणको क्षितिज फराकिलो भएर पैसा पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ।

“यद्यपि मोथो जिल्लाको जनसंख्या १४ हजार ८०० मात्र भए तापनि गत वर्ष ४ लाख २५ हजार ६०० जना पर्यटकको स्वागत गरेको थियो।” चिनियाँ जन काँग्रेसका प्रतिनिधि एवम् मोथो जिल्ला मोथो गाउँ समितिका उपप्रमुख लोपुयाङचुङले यसरी जानकारी दिनुभयो। सन् २०२३ पर्यटन क्षेत्रमा मोथो जिल्लाको कुल आय २७ करोड १० लाख युआन हुनुका साथै किसान तथा पशुपालकको आम्दानी १ करोड ८१ लाख ७४ हजार ३०० युआन बढेको छ। 

सछ्वान-सिचाङ राजमार्ग र छिङहाइ-सिचाङ राजमार्ग तिब्बती जनताको सुखद जीवनको सुरूवात हुन्। ७० वर्षयता चीनले धेरैपटक लगानी गरेर यी दुइ राजमार्गको जीर्णोद्धार र पुनर्निर्माण गरेको छ। सछ्वान-सिचाङ राजमार्गमा पहिलाका धेरै खतरनाक भागको समस्या समाधान गरिएको छ। छिङहाइ-सिचाङ राजमार्ग विश्वमा पहिलोपटक अल्पाइन पर्माफ्रोस् क्षेत्रमा "कालो" ग्रेडको सतहको निर्माण गरिएको हो। सन् २००८मा, "पर्माफ्रोसमा छिङहाइ-सिचाङ राजमार्ग निर्माण र संरक्षण प्रविधि" ले चीनको राष्ट्रिय विज्ञान र प्रविधि प्रगति पुरस्कारको जितेको थियो। यी २ राजमार्गको सतह बालुवाबाट डामर वा सिमेन्टसम्म सुधार गरिएको छ।

मोथो जिल्लाको पर्यटनको विकास यातायातको सुविधाबाट फाइदा पाउने एउटा उदाहरण मात्र हो। राजमार्गको निर्माण र विकासले सिचाङको अरू क्षेत्रमा के कस्तो फाइदा पुर्याएको छ? आगामी साताको कार्यक्रममा म निरन्तर जानकारी दिनेछु।