चीनका परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्री बीच फोन वार्ता
2024-10-15 10:16:04CRI
Share with:

अक्टोबर १४ तारिख चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले इरानका विदेशमन्त्री अब्बास अराक्छीसँग फोन वार्ता गर्नुभएको छ। उहाँहरूले चीन र इरानको सम्बन्धमाथि सकारात्मक मल्याङ्कन गर्नुका साथै सबै तहमा आदानप्रदान कायम गर्ने र व्यावहारिक सहयोगलाई बढाउने व्यक्त गर्नुभएको छ। 

मन्त्री अराक्छीका अनुसार, इरान वर्तमान क्षेत्रीय संघर्षको विस्तार हेर्न मन पराउँदैन। इरानले अन्तर्राष्ट्रिय मामिलामा चीनको महत्वपूर्ण प्रभावमाथि उच्च महत्व दिएको र चीनसँगको समन्वयलाई मजबुत बनाएर  कूटनीतिक माध्यमद्वारा तनावपूर्ण स्थितिलाई कम पार्न इच्छुक छ। इजरेलले विनाशकारी गतिविधि रोक्नुपर्छ र सावधानीका साथ काम गर्नुपर्छ। 

मन्त्री वाङ यीका अनुसार, चीनले सधैँ नै वार्ता र परामर्शको माध्यमबाट महत्वपूर्ण मामिलाको समाधान गर्ने, अन्तरविरोध तथा द्वन्द्वको तीव्रता र विस्तारको विरोध गर्ने, सैन्य साहसिक कार्यको विरोध गर्ने गर्दछ। चीनले सबै पक्षलाई क्षेत्रीय शान्ति र स्थिरता कायम राख्न सहयोगी कार्य गर्न आह्वान गरेको छ। चीनले जिम्मेवारीबोध प्रमुख राष्ट्रको जिम्मेवारी वहन गरेर रचनात्मक भूमिका खेल्नेछ। 

इरान सरकारले मध्यस्थता कूटनीति सञ्चालन गरेको देखेर चीन खुसी लागेको पनि मन्त्री वाङले प्रकट गर्नुभएको छ। चीनले इरान र साउदी अरेबियाबीचको ऐतिहासिक मेलमिलापलाई समर्थन गर्दछ। चीनले चीन-इरान-साउदी अरेबिया त्रिपक्षीय संयुक्त समितिको दोस्रो बैठकको सक्रिय उपलब्धिलाई बढाएर क्षेत्रीय शान्ति र स्थिरतामा सकारात्मक शक्ति थप्ने इच्छा लिएको छ।