१३६ औँ चीन आयात तथा निर्यात व्यापार मेला शुरू
2024-10-15 15:36:24CRI
Share with:

अक्टुबर १५ तारिखबाट १३६औँ चीन आयात तथा निर्यात व्यापार मेला चीनको क्वाङ चौ शहरमा प्रारम्भ भएको छ। सो मेलामा भाग लिने उद्योगको संख्या ३० हजार नाघेको छ भने नयाँ उत्पादनको संख्या ११.५ लाख पुगेको छ जुन गत वर्षको भन्दा स्पष्ट रूपमा बढी छ।

१३६औँ चीन आयात तथा निर्यात व्यापार मेलाले डिजिटलीकरण र हरितकरण अन्तर्राष्ट्रिय व्यापारको विकास प्रवृति पछ्याउँदै प्रदर्शनीको गुणस्तर बढाएर नयाँ उद्योगहरू, नयाँ उत्पादनहरू, नयाँ प्रविधिहरू र नयाँ व्यापार ढाँचाहरूलाई आकर्षण गरेको छ। सो प्रदर्शनीमा, लगभग ४ हजार ६ सय नयाँ उद्योगहरूको सहभागिता रहेको छ भने “स्याओ च्यू रेन” जस्ता विभिन्न सम्मान पाएका उद्योगहरूको संख्या ८ हजार भन्दा बढी छ, जुन गत वर्षको भन्दा ४०% बढी हो

१३६ औँ चीन आयात तथा निर्यात व्यापार मेलामा नयाँ गुणस्तरीय उत्पादन शक्तिको केन्द्रमा रहेर “उन्नत उद्योग”, ”गुणस्तरीय फर्निचर” र ”सुखद जीवन” गरी तीन भाग समेटिएका छन्।