प्रायद्वीपको अवस्थाबारे चिनियाँ परराष्ट्र मन्त्रालय : थप द्वन्द चर्किन नदिनु नै प्राथमिकता
2024-10-15 16:06:05cri
Share with:
अक्टोबर १५ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो।
एक पत्रकारले प्रायद्वीपको वर्तमान अवस्थाको बारेमा प्रश्न सोधे। जवाफमा प्रवक्ता माउ निङले भन्नुभयो,“प्रायद्वीपको नजिकको छिमेकी भएको नाताले प्रायद्वीपको अवस्थाको विकास र उत्तर कोरिया-दक्षिण कोरिया सम्बन्धको प्रवृत्ति सबै पक्षको साझा हितमा नभएको भन्दै चिन्तित रहेको बताउनुभयो। शीर्ष प्राथमिकता द्वन्दको थप तीव्रताबाट बच्नु हो। चीन प्रायद्वीपमा शान्ति र स्थायित्व कायम गर्न प्रतिबद्ध छ र प्रायद्वीपको राजनीतिक समाधानको प्रवर्द्धन गर्ने आफ्नो अडानमा परिवर्तन आएको छैन।”