राष्ट्राध्यक्ष सी चिनफिङ र मंगोलियाका राष्ट्रपति खुरिल सुखद्वारा चीन-मंगोलिया सम्बन्ध स्थापितको ७५औँ वार्षिकोत्सवमा आपसी बधाई सन्देश
2024-10-16 15:14:15cri
Share with:

चीन-मंगोलिया सम्बन्धको स्थापना भएको ७५औँ वार्षिकोत्सवको उपलक्ष्यमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र मंगोलियाका राष्ट्रपति खुरिल सुखले अक्टोबर १६ तारिख एक-अर्कालाई बधाई सन्देश पठाउनुभएको छ।

 

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले चीन र मंगोलिया एक-अर्काका लागि महत्त्वपूर्ण छिमेकी मुलुक भएको र जनगणतन्त्र चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने सबैभन्दा पहिलो मुलुकहरुमध्येको एक मंगोलिया रहेको ‌‌औंल्याउनुभयो। राष्ट्रपतिसँगै चीन-मंगोलिया समग्र रणनीतिक साझेदारी सम्बन्धलाई स्थिर र दिगो बनाउने प्रयास गर्न आफू इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो।

 

प्रत्युत्तरमा मंगोलियाका राष्ट्रपति खुरिल सुखले राष्ट्राध्यक्ष सीसँगै मिलेर ‘घाँसे मैदानको मार्ग’को विकास रणनीति र ‘बेल्ट एण्ड रोड’ निर्माण पहललाई समन्वय गर्न, दुई देशको विकासमा योगदान पुर्‍याउन र जनताको सुख-शान्ति थप्नका लागि प्रयास गर्न आफू इच्छुक रहेको व्यक्त गर्नुभयो।

 

सोही दिन प्रधानमन्त्री ली छ्याङले पनि मङ्गोलियाका प्रधानमन्त्री आओ युन एर्डेनलाई बधाई सन्देश पठाउनुभयो।