फङ ली युआनद्वारा सन् २०२४ संयुक्त राष्ट्र संघ युनेस्को बालिका र महिला शिक्षा पुरस्कार वितरण समारोहलाई बधाई सम्बोधन
2024-10-17 10:22:02CRI
Share with:

सन् २०२४ संयुक्त राष्ट्र संघ युनेस्कोको बालिका तथा महिला शिक्षा पुरस्कार वितरण समारोह अक्टोबर १६ तारिख फ्रान्सको पेरिसमा आयोजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती एवम् संयुक्त राष्ट्र संघ युनेस्कोका लागि बालिका तथा महिला शिक्षा प्रवर्द्धन विशेषदूत फङ ली युआनले पुरस्कार वितरण समारोहलाई बधाई भाषण दिनुभएको छ।

 

आफ्नो भाषणमा श्रीमती फङले सर्वप्रथम युगान्डा र जाम्बियाका पुरस्कृत संस्थालाई सम्मान र हार्दिक शुभेच्छा व्यक्त गर्नुभएको छ। विभिन्न पक्षहरूले जोडतोडसँग बालिका र महिलाको स्वास्थ्य शिक्षा र डिजिटल शिक्षालाई अघि बढाउनुका साथै नयाँ युगमा महिलाको शिक्षा र विकासका लागि नयाँ योगदान गर्नसक्ने आशा पनि उहाँले प्रकट गर्नुभएको छ।

 

एक विशेषदूतको हैसियतले सबै साथीसँगै मिलेर विभिन्न पक्षका शक्तिलाई जम्मा पारी निरन्तर रूपमा लैङ्गिक समानतालाई साकार तुल्याउन र विश्वव्यापी महिला कार्यको विकासलाई प्रवर्द्धनका लागि प्रयास गर्दै जान आफू इच्छुक रहेको श्रीमती फङले औँल्याउनुभयो।