शाङहाई सहयोग संगठनलाई विकास र शान्त जीवनको भरपर्दो सहयोगी बनाउने चीनको परराष्ट्र मन्त्रालयको भनाइ
2024-10-17 19:00:41cri
Share with:

चीनको परराष्ट्र मन्त्रायका प्रवक्ता माउ निङले शाङहाई सहयोग संगठनको नेता स्तरीय (प्रधानमन्त्री) बैठकमा विभिन्न देशका नेताले नयाँ परिस्थितिमा शाङहाई सहयोग संगठनका सदस्यबीच आर्थिक, व्यापारिक र सांस्कृतिक सहयोगलाई प्रगाढ बनाउने सम्भावना र उपायबारे गहिरो छलफल गरी महत्त्वपूर्ण सहमति सम्पन्न गर्नुभएको जानकारी दिनुभएको छ।

 हालै शाङहाई सहयोग संगठन सदस्य मुलुकका प्रधानमन्त्री बैठक परिषदको २३औँ अघिवेशन पाकिस्तानको इस्लामाबादमा आयोजना गरिएको छ। अक्टोबर १७ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले अधिवेशनबारे जानकारी गर्दै उक्त कुरा बताउनुभएको हो। सहभागीहरूले शाङहाई सहयोग संगठनको विकास, क्षेत्रीय शान्ति र स्थिरताका लागि चीनले गरेको महत्वपूर्ण योगदानको उच्च प्रशंसा गर्नुका साथै शाङहाई सहयोग संगठनको वर्तमान अध्यक्ष मुलुकको रूपमा रहेको चीनको कार्यलाई सक्रिय रूपमा समर्थन व्यक्त गरेको पनि प्रवक्ता माउले उल्लेख गर्नुभएको छ।