#सिन्च्याङ यात्रा# स्याउ महोत्सव र विभिन्न प्रकारका फलफूलहरू
2024-10-18 18:08:02CRI
Share with:

१० सिन्च्याङ विशेष फल (आखसुव्यापार मेला एवम् दोस्रो स्याउ साँस्कृतिक पर्यटन पिकिङ सिजन (टिप्ने) कार्यक्रम सिन्च्याङ युगर स्वायत्त प्रदेशको आखसु क्षेत्रमा १८ तारिखदेखि सुरू भएको छ।

विभिन्न प्रकारका स्याउ, बयर, ओखर, अंगुरजस्ता विभिन्न प्रकारका फलफूल मेलाले चिनियाँ तथा विदेशीहरूलाई ज्यादै आकर्षित गरेको छ। सिन्च्याङ युगर स्वायत्त प्रदेशको आखसु क्षेत्र चीनमा प्रसिद्ध फल उत्पादन आधारको रूपमा परिचित छ। विशेष प्राकृतिक स्रोतमा उत्पादित यहाँका फलहरू ज्यादै स्वादिलो हुने गर्दछ।

मेलामा अरू केके विशेषतायुक्त सरसामानहरू छन्? विस्तारमा जानकारी दिइने छ। सो मेलामा नेपालबाट आएका साथीहरू पनि देख्नसकिन्छ। प्रतिक्षा गर्नुहोला।