राष्ट्राध्यक्ष सी चिन फिङ आन्हुई प्रान्तको निरीक्षण गर्दै‍
2024-10-18 14:47:15cri
Share with:

 

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले १७ तारिख दिउँसो आन्हुई प्रान्तको आन छिङ शहर तथा ह फै शहरमा क्रमशः थोङ छङको लिउ छ गल्ली र ह फैको पिन हु विज्ञान शहरको अवलोकन गर्नुभएको छ। यस अवसरमा उहाँले स्थानीय रूपमा चीनको उत्कृष्ट पारंपरिक संस्कृतिको संरक्षण र प्रवर्द्धन, आध्यात्मिक सभ्यताको निर्माणलाई सबल पार्न, विज्ञान र प्रविधिको प्रणाली र तन्त्रको नवाचार, र प्राविधिक उपलब्धिहरूको रूपान्तरणमा तीव्रता ल्याउने अवस्थाबारे जानकारी लिनुभयो।