विश्व बहुध्रुवीय र अन्तर्राष्ट्रिय सम्बन्ध लोकतन्त्रीकरणलाई अघि बढाइने प्रयास
2024-10-18 15:00:19CRI
Share with:

सन् २०२४ को ब्रिक्स नेताहरूको शिखर सम्मेलनको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय सम्पर्क विभाग र चाइना मिडिया ग्रुपद्वारा संयुक्त रूपमा "शान्ति, विकास, सुरक्षा, र साझा भविष्यसहितको समृद्ध विश्व निर्माण" विषयक ग्लोबल साउथ थिङ्क ट्याङ्क फोरम अक्टोबर १६ मा बेइजिङमा आयोजना गरिएको छ। कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय सम्पर्क विभागका निर्देशक ल्यू च्यान् छो र चिनियाँ प्रसार विभागका उपनिर्देशक तथा चाइना मिडिया ग्रुपका प्रमुख शन हाइ स्यौङले भिडियोमार्फत् सम्बोधन गर्नुभएको छ। अनलाइन र अफलाइन माध्यमबाट विश्वका ७६ देशका नेता, विशिष्ट व्यक्ति, सरकारी प्रतिनिधि, थिङ्क ट्याङ्कका विद्वान तथा अध्येता र मिडियाका प्रतिनिधिहरू सो मञ्चमा सहभागी भएका छन्।

नेपालको चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई पनि सो मञ्चमा सहभागी हुँदै आफ्नो मन्तव्य राख्नुभएको छ।