"मेरो आँखामा गृहनगर र चीन" चित्रकला प्रतियोगिता सुरु भएको छ, आउनुहोस्, भाग लिनुहोस्!
2024-10-19 16:18:24cri
Share with:

प्रिय भाइ बहिनीहरू, हामी तपाईँलाई एक रोचक गतिविधिमा भाग लिन आमन्त्रित गर्दछौँ: तपाईँको पेन्टब्रस उठाउनुहोस् र सिर्जना गर्नुहोस्, तपाईँका कामहरू लालटिनमा परिणत गरिने र संसारको सबैभन्दा ठूलो लाइट शोमा प्रदर्शन गर्ने मौका छ!

 

सबैको आफ्नै गृहनगर हुन्छ। गृहनगर एउटा ठूलो र न्यानो अँगालो जस्तै हो, जहाँ हाम्रा धेरै हँसिला अनुहार, कथा र साना रहस्यहरू लुकेका छन्।

 

तपाईँको गृहनगरको के कस्ता वस्तुहरू र गतिविधिहरू तपाईँलाई असाध्यै मनपर्छ?

 

तपाईँको गृहनगर अहिले कस्तो देखिन्छ? भविष्यमा तपाईँको गृहनगरमा कस्तो परिवर्तन हुनेछ भन्ने सोच्नुहुन्छ?

 

के तपाईँ कहिल्यै चीन जानुभएको छ? तपाईँलाई चीनका कुन वस्तुहरू मनपर्छ (विशाल पाण्डा? ठूलो पर्खाल? खाना? वास्तुकला?)?

 

तपाईँ आफ्नो गृहनगर र आफ्नो मनपर्ने चिनियाँ वस्तुहरू कोर्न सक्नुहुन्छ र संसारका अन्य भागका बालबालिकाहरूसँग आफ्नो हृदयको सुन्दरता साझा गर्न सक्नुहुन्छ।

 

यो प्रतियोगिता ३ देखि १२ वर्ष उमेरका बालबालिकाका लागि खुला गरिएको छ, सङ्कलन अवधि बेइजिङ समय अक्टोबर २६ तारिख समाप्त हुनेछ। उत्कृष्ट चित्रहरूले प्रमाणपत्र, पुरस्कार र अर्को वर्ष जनवरीमा दक्षिणपश्चिम चीनको चकोङ सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय डायनासौर लालटिन महोत्सवमा प्रस्तुत हुने अवसर पाउनेछन्।

 

बुझाउने विधि:

आफ्ना चित्रहरूको स्पष्ट फोटोहरू लिनुहोस् र हामीलाई पठाउनुहोस्। मूल पाण्डुलिपिपछि पठाउनु पर्नेछ।

 

तलका तस्बिरहरू सन् २०२३ मा भाइ बहिनीहरूले सिर्जना गरेका "डायनासौर" विषयवस्तुका कामहरू हुन्। केही उत्कृष्ट कार्यहरू लालटिनमा बनाइएका छन्।