CGTN सर्वेक्षण| विश्व कता जाँदैछ? जवाफका लागि विश्वका उत्तरदातामार्फत् ब्रिक्सतर्फ हेरौं।
2024-10-21 16:37:47CRI
Share with:

विश्वव्यापी अवस्था झन् अस्थिर बनेको छ र विश्व अर्थतन्त्रको पुनर्स्थापना कमजोर भएको छ । संसार कता जादै छ ? ब्रिक्स देशहरूले आफ्नो जवाफ दिएका छन्। सन् २०२४ ब्रिक्स शिखर सम्मेलन नजिकिँदै गर्दा सीजीटीएनद्वारा विश्वव्यापी नेटिजन्सहरूमाझ गरिएको सर्वेक्षणले देखाउँछ कि उत्तरदाताहरूको बहुमतले ब्रिक्स सहयोग संयन्त्रले संघर्षरत विश्व अर्थतन्त्र र जटिल विश्वव्यापी शासनमा थप गति प्रदान गर्ने आशा राखेको छ।

सर्वेक्षणमा सहभागी ९२.८७ प्रतिशत उत्तरदाताहरूले यो संयन्त्रले ग्लोबल साउथबीचको सहयोगलाई प्रश्रय दिएको बताएका छन्। यस्तै ९४.१ प्रतिशत जवाफदाताले उदीयमान अर्थतन्त्रहरू मिलेर बनेको बहुपक्षीय सहयोग संयन्त्रको रूपमा ब्रिक्स देशहरूले विश्व अर्थतन्त्रको पुन: प्राप्तिमा थप गति दिनसक्ने अपेक्षा गरेका छन्।

यो सर्वेक्षण अंग्रेजी, स्पेनिश, अरबी, फ्रेन्च र रुसी भाषामा सीजीटीएनको प्लेटफर्महरूमा प्रकाशित गरिएको थियो। २४ घण्टाभित्र कुल १८ हजार ९६१ भन्दा विदेशी नेटिजनहरूले सर्वेक्षणमा भाग लिएर आफ्नो विचार प्रस्तुत गरेका थिए।