चिनियाँ जनमुक्ति सेनाको पूर्वी युद्धक्षेत्रद्वारा थाइवान जलडमरूमा अमेरिकी र क्यानाडाली युद्धपोतको गस्तीबारे प्रतिक्रिया
2024-10-21 09:33:43cri
Share with:

चिनियाँ जनमुक्ति सेनाको पूर्वी युद्धक्षेत्रका प्रवक्ता नौसेना कर्नेल ली सीले २० तारिख बोल्दै अमेरिकी "हिगिन्स" युद्धपोत र क्यानडाको "भ्यान्कुभर" "सुरक्षा पोतले थाइवानको जलडमरू पार गर्नुका साथै सार्वजनिकरूपमा प्रचार गरेको जानकारी दिनुभएको छ।

 चिनियाँ जनमुक्ति सेनाको पूर्वी युद्धक्षेत्रले नौसेना तथा हवाई सेनालाई पठाएर अमेरिकी र क्यानडाली युद्धपोतको पूरै कार्वाहीको निगरानी गर्नुका साथै कानूनी र नियमअनुसार समुचित जवाफ दिएको छ। अमेरिकी र क्यानडाली कार्वाही थाइवान जलडमरूको स्थिरतालाई भंग पार्ने प्रकृतिको छ।

चिनियाँ सेनाले उच्च सतर्कता राख्दै दृढतापूर्वक चीनको सार्वभौमिकता र सुरक्षा तथा क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्ने अठोट व्यक्त गरेको छ।