वाङ यीद्वारा फ्रान्सको संविधान परिषद्का अध्यक्ष फाबियससँग भेट
2024-10-21 17:46:17CRI
Share with:

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम परराष्ट्र मन्त्री वाङ यीले २१ तारिख पैचिङमा फ्रान्सको संविधान परिषदका अध्यक्ष र पूर्व प्रधानमन्त्री फाबियससँग भेटघाट गर्नुभएको छ।

वाङ यीले चीन र फ्रान्सले स्वतन्त्रता र आत्मनिर्णयलाई कायम राखेको कुरा विश्वको ध्रुवीकरणको प्रवृत्तिसँग मेल खाएको र विश्व शान्ति र स्थिरतामा सहयोग पुर्याएको बताउनुभयो। उहाँले युरोपेली संघले समग्र र दीर्घकालीन हितहरूको आधारमा चीनसँग वार्ता र परामर्शको माध्यमबाट दुवै पक्षको चासोको समस्याको समाधान फेला पार्न सक्ने आशा व्यक्त गर्नुभयो।

फाबियसले संवाद र परामर्शमार्फत समस्याको उचित समाधान खोज्न सक्ने व्यक्त गर्नुभयो।

दुवै पक्षले युक्रेन संकट र जलवायु परिवर्तन लगायत विषयहरुमा पनि विचार आदानप्रदान गरे।