केरुङ नाकामा व्यापार गर्दैआएका नेपाली व्यापारी छेतेन रिचु गुरुङ
2024-10-21 18:26:49CRI
Share with:

हाल सीजीटीएनको एउटा टोलीले सी चाङ स्वायत्त प्रदेशको स्थलगत भ्रमण गरिरहेको छ। उक्त टोलीको सहयोगमा मैले नेपालसित जोडिएको केरुङ नाकामा व्यापार गर्दैआएका एक नेपाली व्यापारी छेतेन रिचु गुरुङसँग भिडियो अन्तर्वार्ता लिएको छु। उहाँ बीस वर्षभन्दा लामो समयदेखि केरुङ नाकामा बस्दै आउनुभएको छ। उहाँ नेपालका परम्परागत विशेष सामाग्रीहरु चिनियाँ ग्राहकलाई बेच्नुहुन्छ। धेरै वर्षदेखि व्यापार गर्दैआएको सिलसिलामा उहाँले केरुङ नाकामा भएको विशाल परिवर्तनको अनुभव गर्नुभएको छ। यसै क्रममा उहाँले एक चिनियाँ युवतीसँग विवाह पनि गर्नुभएको छ। उहाँको चीन बसाइको अनुभव कस्तो छ, यस भिडियो संवादमा हेर्नसकिन्छ।