“सी चिनफिङलाई मनपर्ने भनाइहरू” (रूसी संस्करण) रूसका बहु मुख्य मिडिया संस्थामा प्रसारित
2024-10-22 18:26:35CRI
Share with:

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रूसको कजानमा ब्रिक्स मुलुकका नेताहरूको १६ औँ शिखर सम्मेलनमा सहभागी हुनुभएको परिप्रेक्ष्यमा चाइना मिडिया ग्रुपले बनाएको “सी चिनफिङलाई मनपर्ने भनाइहरू” (रूसी संस्करण) लाई अक्टोबर २२ तारिखदेखि रूसी राष्ट्रिय टेलिभिजन रेडियो कम्पनी, रूसी अखवारको वेभसाइट र रूस बिशाल एशिया टेलिभिजन स्टेशन लगायतका विविध चौतारोमा प्रसारण गर्न थालिएको छ। तत्स्थानका धेरै मुख्य मिडिया संस्थाहरूले सो कार्यबारे पूर्व जानकारी दिएका छन्।