#अल्पसंख्यक जाति# ७० वर्षमा तिब्बतको यातायातको विकास-६
2024-10-22 09:44:04cri
Share with:

तिब्बती नाछ्यु शहरमा पशुपालक ट्रेरेनपिङछोले भ्यान चलाएर ज्ञाअरद पर्यावरणीय पशुपालन प्रदर्शन आधारमा चौंरीको दुध पुर्याउनु हुन्छ।

“मेरो परिवारसँग १४०भन्दा बढी चौंरी छन्। प्रत्येक दिन करिब ३५ केजीको दुध विक्री गरेर ८०० युनभन्दा बढी कमाउँछँ।” उहाँले खुशीपूर्वक भन्नुभयो।

 

ज्ञाअरद पर्यावरणीय पशुपालन उद्योग विकास लिमिटेड कम्पनी नाछ्यु शहरीय सनी क्षेत्रमा अवस्थित एउटा दुग्धजन्य पदार्थको गहन प्रशोधन उद्यम हो। यो उद्यमको पठारभूमिमा प्रदूषणमुक्त पशुपालन विशेषता उद्योगको धारमा विकसित भएको हो। कम्पनीले सनी क्षेत्र छानेर आधारको स्थापना गर्नुको कारण वरिपरि प्रशस्त पशुपालन स्रोत हुनुका साथै छिङहाइ-सिचाङ राजमार्ग नजिकै रहेर सुविधाजनक यातायात हुनु हो।

 

“पहिले पशुपालन क्षेत्रमा छुट्टा-छुटै पशुपालक थिए। दुग्धको भण्डारण र ढुवानी असुविधाजनक थियो र विक्रीका लागि मञ्च पनि थिएन।” उक्त कम्पनीका अध्यक्ष ज्ञासाङच्याछाइले चर्चा गर्नुभएको छ। उहाँका अनुसार, कम्पनीले नाछ्यु शहरमा १५ वटा दुध संकलन स्टेशनको स्थापना गरेको छ। लगभग ३२०० परिवारका १६ हजार सर्वसाधारणले धारला दुध पूर्ति गरेका छन्। “सडक भएको ठाउँमा हामीला सहयोग गर्ने पशुपालकहरू छन्।” ज्ञासाङच्याछाइले भन्नुभयो।

 

सिचाङमा फड्को मार्ने गरी भएको विकास चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारबाट यातायात तथा ढुवानी क्षेत्रमा दिइएको समर्थनसँग घनिष्ट रूपमा जोडिएको छ। सिचाङ चीनभरि राजमार्गको निर्माण गर्न देशले पूर्ण लगानी गरेको एउटा मात्रै प्रान्त हो। सन् १९५३ देखि २०२३ सम्म चीनले सिचाङको राजमार्ग यातायातमा जम्मा ३ खर्ब २५ अर्ब ९ करोड ६० लाख युआनको लगानी गरेको छ। सिचाङलाई सहायता दिनका लागि चिनियाँ यातायात तथा ढुवानी मन्त्रालयले पालैपालो गरी १० खेपका ६१ जना श्रेष्ठ अधिकारी पठाएको छ। साथै अरू प्रान्त र शहरले कुल १२१ जना अधिकारीलाई सिचाङका विभिन्न क्षेत्र र शहरका यातायात तथा ढुवानी विभागमा पठाएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनदेखि यातायात तथा ढुवानी मन्त्रालयले “सिचाङको यातायात तथा ढुवानीको वैज्ञानिक विकासलाई थप विकास गर्ने केही राय” र “नयाँ कालमा पार्टीको सिचाङको सुशासन रणनीतिको कार्यन्वयन गर्दा सिचाङको यातायात तथा ढुवानी कार्य गर्ने राय” प्रस्तुत गरेर सिचाङ स्वायत्त प्रदेशसँग अनेकन् सहयोग सन्धिमा हस्ताक्षर गरेर सिचाङको यातायात तथा ढुवानीको विकास गर्ने विविध नीतिलाई पूर्ण तथा सुधार गरेको छ।

प्रतिभा, प्रविधि, परियोजना र लगानीमा मुख्यतः समर्थनका कारणले सिचाङको यातायात अवस्थामा ज्यादै ठूलो परिवर्तन भएको छ।

हाल सिचाङमा सञ्चालित राजमार्गको कुल लम्बाइ १ लाख २३ हजार ३०० किलोमिटर पुगेको छ। छिङहाइ-सिचाङ रेल, ल्हासा-शिगाचे रेल, ल्हासा-लिनच रेलले सिचाङको रेलको मुख्य लाइन गठित गरेका छन्। ८ विमानस्थलमार्फत् हरेक दिन २२० वटा विमान उडान र अवतरण गरेर चीनका मुख्य ठूला तथा मध्य शहर र नेपालको काठमाडौँसँग जोडिएका छन्। सिचाङका सबै शहर तथा जिल्लामा हुलाक पुगेका छन् र सबै गाउँमा प्रत्यक्ष हुलाक सञ्चालित छ।