CGTN पोल | ब्रिक्स देशहरूद्वारा विश्वव्यापी शासनमा सुधार तथा अन्तरदृष्टिले चीनसँग सहयोग बढाउन आग्रह
2024-10-22 16:22:08CRI
Share with:

 

ब्रिक्स देशहरूले विश्वव्यापी शासनमा सुधार र चीनको अन्तरदृष्टिले सहयोग बढाउन आग्रह गरेका छन्। उदीयमान बजारहरू र विकासोन्मुख देशहरूको सामूहिक वृद्धि ब्रिक्स् द्वारा प्रतिनिधित्व गरिएको विश्वव्यापी परिदृश्य जस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ, "कस्तै प्रतिरोध भएपनि ब्रिक्सले राम्रोको लागि सकारात्मक र स्थिर शक्ति थप्दै जानेछ।"

 

सीजीटीएनले चाइनाको रनमिन युनिभर्सिटीसँगको सहकार्यमा र न्यू इरा इन्स्टिच्युट अफ इन्टरनेशनल कम्युनिकेसन मार्फत ब्रिक्स देशका १ हजार ६ सय ३४ उत्तरदाताहरूमाझ एउटा सर्वेक्षण गरेको थियो। सर्वेक्षण अनुसार अधिकांश उत्तरदाताहरूले ब्रिक्स शक्तिले विश्वव्यापी शासनमा प्रेरणा दिएको विश्वास गर्छन्। साथै उनीहरु निष्पक्ष र अधिक व्यावहारिक अन्तर्राष्ट्रिय व्यवस्थाको निर्माणलाई प्रवर्द्धन गर्न आवश्यक ठान्दछन्।