राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भियतनामी नयाँ निर्वाचित राष्ट्राध्यक्षलाई बधाई सन्देश
2024-10-22 18:28:30CRI
Share with:

अक्टोबर २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले लोङ छोङलाई बधाई सन्देश पठाउँदै उहाँ समाजवादी गणतन्त्र भियतनामका राष्ट्राध्यक्ष नियुक्त हुनुभएकोमा बधाई दिनुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले भियतनामको राष्ट्रिय अवस्था अनुकूल समाजवादी बाटोमा राम्रोसँग हिँड्दै जान र भियतनामी कम्युनिष्ट पार्टीको १४ औँ महाधिवेशनका लागि राम्ररी तयार पार्न भियतनामलाई समर्थन गरेको कुरा औँल्याउनुभएको छ। राष्ट्राध्यक्ष लोङ छोङसँगै मिलेर चीन-भियतनाम भाग्य एकरूपताको निर्माणलाई सबल र गहन पार्नुका साथै दुवै देशका जनताका लागि अझ बढी हितकल्यणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले जनाउनुभएको छ।