चीन र रुस बीच दौत्य सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव मनाउन कजानमा मानवीय साँस्कृतिक आदानप्रदान कार्यक्रम
2024-10-23 15:05:36cri
Share with:


     चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रुसको कजानमा आयोजना भइरहेको ब्रिक्स नेतास्तरीय सम्मेलनको १६औँ बैठकमा भाग लिनुभएको बेलामा अक्टोबर २२ तारिख चाइना मिडिया ग्रुप र रुसको पूर्ण रुसी राष्ट्रिय टेलिभिजन तथा प्रसारण कम्पनीले चीन र रुसबीच दौत्य सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव मनाउन मानवीय साँस्कृतिक आदानप्रदान कार्यक्रमको सँयुक्त सँयोजन गरेका छन्।

चिनियाँ प्रचार उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्युङले यस कार्यक्रमलाई सम्बोधन गर्नुभएअनुसार यस वर्ष नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सव,चीन-रुस दौत्य सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव,तथा ‘चीन रुस सँस्कृति वर्ष’ को शुरुवात वर्ष हो। दुई राष्ट्रका नेताहरुबीचको रणनीतिक निर्देशनमा यी दुवै पक्षहरुबीचको सम्बन्ध ऐतिहासिक उच्च स्तरमा छ। चीनको राष्ट्रिय टेलिभिजन तथा प्रसारण स्टेशनको रुपमा चाइना मिडिया ग्रुपले सधैँ यी दुई राष्ट्रहरुबीचको मित्रतालाई प्रवर्द्धन गर्न प्रयास गरिरहेको छ। हालका वर्षहरुमा चाइना मिडिया ग्रुपले रुसका धेरै प्रमुख मिडियाहरुसँग सहयोगलाई गहन पार्दै भिडियो तथा फोटोहरुले आपसी आदानप्रदानका लागि पूल सिर्जना गरेको देखिन्छ। चाइना मिडिया ग्रुपले रुसका विभिन्न क्षेत्रहरुसँग “चीन रुस सँस्कृति वर्ष” का लागि अझ उज्यालो विन्दू सिर्जना गर्दै यी दुई राष्ट्रबीचको मित्रतालाई अझ उज्यालो बनाउने छ।

रुसको पूर्ण रुसी राष्ट्रिय टेलिभिजन तथा प्रसारण कम्पनीका अध्यक्षको सम्बोधन अनुसार रुस र चीनबीचको मिडिया सहयोग मानवीय साँस्कृतिक आदानप्रदानको एक महत्वपूर्ण भाग हो। धेरै वर्षयता पूर्ण रुसी राष्ट्रिय टेलिभिजन तथा प्रसारण कम्पनीले चाइना मिडिया ग्रुपसँग घनिष्ट आदानप्रदान र सहयोग कायम राख्दै आएका छन्। भाविष्यमा यी दुवै पक्षहरुले समाचार,भिडियो आदि क्षेत्रहरुमा अझ गहन सहयोग गर्दै यी दुई राष्ट्रका जनताबीचको पारस्परिक बुझाइ र मित्रतालाई बढाउन प्रयास गर्दै जाने छ।