अक्टोबर २३ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङले काजानमा ब्रिक्स शिखर सम्मेलनको अवसरमा इजिप्टका राष्ट्रपति अब्दुल फाताह अल सिसीसँग भेट-वार्ता गर्नुभएको छ।
राष्ट्राध्यक्ष सी चिनफिङले चीनले इजिप्टसँग समन्वय बढाएर “बृहत् ब्रिक्स सहयोग”लाई अघि सारी विश्व दक्षिणको प्रभाव र आवाजलाई उकासेर विकासोन्मुख मुलुकका साझा हितसँग संरक्षण गर्ने इच्छा लिएको उल्लखे गर्नुभयो।
सिसीले इजिप्ट एक चीनको नीतिमा अडिग रहेको र चीनको लागि थाइवान निकै महत्त्वपूर्ण रूपमा बुझेको व्यक्त गर्नुभयो। इजिप्टले आफ्नो विकास रणनीति र वेल्ट एन्ड रोड इनिशिएटिभलाई गहिरो रूपमा मिलाएर दुई देशका विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई अरू बढाउने इच्छा लिएको पनि उहाँले दोहोर्याउनुभयो।
दुई पक्षले वर्तमान मध्य-पूर्वी क्षेत्रको स्थितिबारे पनि वैचारिक आदान-प्रदान गरेका छन्।