क्युबा राष्ट्राध्यक्षद्वारा ली शुलेइसँग भेट
2024-10-25 14:28:37cri
Share with:

अक्टोबर २२ तारिख क्युबा कम्युनिष्ट पार्टी केन्द्रिय समितिका प्रथम सचिव एवम राष्ट्राध्यक्ष डियाज कानेलले हवानामा चीन-क्युबा कम्युनिष्ट पार्टीको छैठँ सैद्धान्तिक गोष्ठीमा उपस्थित हुनुभएका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका सदस्य एवम केन्द्रिय समितिको प्रचार विभागका प्रमुख ली शुलेइसँग भेट-वार्ता गर्नुभएको छ।

 

ली शुलेइले महासचिव सी चिनफिङ र प्रथम सचिव डियाज कानेलबीच दु पार्टी तथा दु देश सम्बन्धको विकासबारे सम्पन्न भएको महत्वपूर्ण सहमतिले चीन-क्युबा दीर्घकालीन मित्रताला दिशा देखाएको भन्दै चीनले क्युबासँग दु पार्टी र दु देशका शीर्ष नेताको महत्वपूर्ण सहमतिला संयुक्त रूपमा व्यवहारमा उतारेर चीन-क्युबा भाग्य समुदायको रचना गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

 

डियाज कानेलले क्युबा-चीन पार्टी र देशबीचको विशेष मैत्रीपूर्ण सम्बन्धको उच्च प्रशंसा गर्नुका साथै दु पार्टीबीच देश प्रशासन अनुभवको दान-प्रदानला बढाएर क्युबा-चीन भाग्य समुदायको रचना गर्ने इच्छा फूले लिएको बताउनुभयो।