चीनका लागि अफ्रिकी कूटनीतिज्ञ र चिनियाँ विद्यालयबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पैचिङमा आयोजित
2024-10-25 09:20:24cri
Share with:

 

सेप्टेम्बर २१ तारिख चीनका लागि अफ्रिकी कूटनीतिज्ञ र चिनियाँ विद्यालयबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पैचिङ नम्बर १२ उच्च माध्यमिक विद्यालयमा आयोजना भएको छ। गिनी, ग्याबोन, आइभोरी कोस्ट लगायतका २२ वटा अफ्रिकी मुलुकका कूटनीतिज्ञहरू र चिनियाँ शिक्षक तथा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।

 

यस पटकको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका युवायुवती समूह र वयस्क समूह छन्। अफ्रिकी युवा समूह र पैचिङ नम्बर १२ उच्च माध्यमिक विद्यालयको विद्यार्थी समूहले प्रतिस्पर्धा गरेका थिए। अन्त्यमा पैचिङ नम्बर १२ उच्च माध्यमिक विद्यालयको विद्यार्थी समूहले छको विरुद्ध सात गोलले अफ्रिकी युवा समूहलाई हराएको थियो। वयस्क समूहको प्रतियोगिता चीनका लागि अफ्रिकी कूटनीतिज्ञबाट गठित समूह र पैचिङ नम्बर १२ उच्च माध्यमिक विद्यालयका शिक्षक समूहबीच गरिएको थियो। अन्त्यमा अफ्रिकी कूटनीतिज्ञ समूहले शन्यको विरुद्ध चार गोलले पैचिङ नम्बर १२ उच्च माध्यमिक विद्यालयका शिक्षक समूहलाई हराएको थियो।

 

सोही दिनको प्रतियोगिताबारे चीनका लागि गिनी बिसाउका राजदूत एन्डोनियो सेरिफो एमबालो भन्नुहुन्छ चीनका लागि अफ्रिकी कूटनीतिज्ञ फुटबल समूहले अफ्रिकी जनताको प्रतिनिधित्व गर्छ, एकता र सुखमय अफ्रिकी देखाउँछ। चीनक लागि अफ्रिकी कूटनीतिज्ञ र चिनियाँ विद्यालयबीचको फुटबल प्रतियोगिताले दुई पक्षलाई मिलाएको, मित्रता देखाएको, यो देखेर मलाई खुशी लाग्यो। यस्तो फुटबल प्रतियोगिता निरन्तर रुपमा आयोजना हुनसक्ने अपेक्षा मैले लिएको छु

 

पैचिङ जनवैदेशिक मैत्री संघका कन्ट्री उप प्रमुख वाङ यानश्याले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनले नयाँ युगमा चीन र अफ्रिकाको सम्बन्धको विकासका लागि नयाँ शक्ति थपिदिएको र यस पटकको मैत्रीपूर्ण फुटबल प्रतियोगिताले चीनका लागि अफ्रिकी कूटनीतिज्ञहरू र पैचिङ सर्वसाधारणहरूबीचको मैत्रीपूर्ण आवत-जावतलाई बढाएको छ साथै, दुई पक्षका जनताहरूको मित्रताको नयाँ अध्याय चित्रण गरेको छ, भन्नुभयो। चिनियाँ कूटनीतिज्ञ तालिम कलेजका उप प्रमुख आन छिङ भन्नुहुन्छखेलकुद साँस्कृतिक मिश्रणको चौतारो हो। खेलकुदले चीन र अफ्रिकाका जनतामाझ समझदारी र सम्मान बढाउन, विश्वशान्ति र विकासलाई अगाडि बढाउन मद्दत दिनसक्छ। यस पटकको प्रतियोगिताले हाम्रो मैत्रीपूर्ण आदान-प्रदान र पारस्परिक सहयोगलाई बढाउनसक्ने आशा लिएको छु।

 

चीनको परराष्ट्र मन्त्रालयअन्तर्गत अफ्रिका विभागका अधिकारी छ्यौ सेनमिङले हाल चीनर अफ्रिकाको सम्बन्ध इतिहासको उत्तम अवधिमा रहँदैआएको, सँस्कृति, युवा, मिडियालगायतको विभिन्न क्षेत्रमा चीन र अफ्रिकाले व्यापक आदान-प्रदान र सहयोग गरेको कुरा बताउनुभयो।