चालु वर्ष संयुक्त राष्ट्र संघ स्थापनाको ७९औँ वार्षिकोत्सव हो। हाल गाजा भिडन्त लगायतका ध्यानाकर्षणका विषयहरू देखा परेकाले विभिन्न देश बीचको अन्तर्विरोध झन् जटिल र गाह्रोसँग मात्रै समाधान हुने अवस्था छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्यानले २४ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय परिस्थिति झन् जटिल भए तापनि दृढताका साथ संयुक्त राष्ट्र संघको आधिकारिकताको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।
प्रवक्ता लीनका अनुसार, सबभन्दा सामान्य, प्रतिनिधित्व र आधिकारिक रहेको सरकार बीचको अन्तर्राष्ट्रिय संगठनको हैसियतले संयुक्त राष्ट्र संघले विश्व शान्ति र विकासको संरक्षणका लागि साट्न नसकिने भूमिका निर्वाह गर्दै आएको छ।
आगामी वर्ष संयुक्त राष्ट्र संघ स्थापनाको ८० औँ वार्षिकोत्सव हुनेछ। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्का स्थायी सदस्य र एक जिम्मेवार ठूलो मुलुकको रूपमा चीनले निरन्तर रूपमा संयुक्त विचार-विमर्श, संयुक्त निर्माण र संयुक्त उपभोग भन्ने सिद्धान्तलाई कायम राख्दै अन्तर्राष्ट्रिय समाजसँग साँच्चिकै बहुपक्षीयतावादलाई व्यवहारमा उतार्दै जानेछ। साथै चीनले संयुक्त राष्ट्र केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानुनको आधारमा अन्तर्राष्ट्रिय परिपाटीको संरक्षण गरी विश्वव्यापी सञ्चालन प्रणालीलाई अझ न्यायोचित र उचित दिशातर्फ विकसित गर्दै जाने कुरा पनि प्रवक्ता लीन च्यानले औँल्याउनुभएको छ।