नियान छिङथाङकुला पर्वतको हिमदृश्य
2024-10-27 17:19:26CRI
Share with:
नियान छिङ् थाङ्कुला पर्वत छिङहाई-तिब्बत पठारभूमिमा अवस्थित प्रमुख पर्वत शृङ्खलाहरू मध्येको एक हो। यो सिचाङ अर्थात् तिब्बत स्वायत्त प्रदेशको मध्य र पूर्वी भागमा अवस्थित छ। पूर्व-पश्चिममा फैलिएको यस पर्वतको कुल लम्बाई १,४०० किलोमिटर र औसत चौडाइ ८० किलोमिटर छ। यसको औसत उचाइ ५,०००-६,००० मिटर छ। नियान छिङ थाङ्कुला श्रृंखलाको शिखरको उचाई समुद्री सतहदेखि ७ हजार १ सय ११ मिटर छ। तस्बिरमा देखिएको हिमालको हिउँले ढाकेको दृश्य सिचाङको सदरमुकाम ल्हासा शहरको ताङसियोङ जिल्लाबाट खिचिएको नियान छिङ् थाङ्कुला पर्वतको दृश्य हो।