संयुक्त राष्ट्र संघका महासचिवद्वारा मध्य पूर्वको स्थिति चर्कँदै गएकोमा चिन्ता
2024-10-27 16:13:20CRI
Share with:

स्थानीय समयअनुसार अक्टोबर २६ तारिख संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको रक्षा सेनाले इरान भित्रका लक्ष्यहरूमाथि हवाई हमला गरेपछि मध्य पूर्वको स्थिति लगातार चर्कँदै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले तनावपूर्ण स्थितिमा गम्भीर क्षति हुने कुनै पनि क्रियाकलापको निन्दा गर्नुपर्ने र यसलाई रोक्नुपर्ने व्यक्त गर्नुभयो।

गुटेरेसले सबै पक्षलाई गाजा पट्टी र लेबनानमा समेत सबै प्रकारका सैन्य क्रियाकलाप रोक्न र सम्पूर्ण क्षेत्रीय युद्धको रोकथाम गर्दै कूटनीतिक वार्तामा फर्कनका लागि सकेसम्म प्रयास गर्न आह्वान गर्नुभयो।