“सी चिनफिङको स्वस्थ चीनबारेको विचारहरूको संकलन” प्रकाशित
2024-10-27 19:15:16CRI
Share with:

चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास तथा साहित्य अनुसन्धान संस्थानले सम्पादन गरेको “सी चिनफिङको स्वस्थ चीन बारेको विचारहरूको संकलन” नामक पुस्तक हालै केन्द्रिय साहित्य प्रकाशनले प्रकाशित गरेको छ र यसलाई राष्ट्रिय स्तरमा वितरण गरिएको छ।

जनताको स्वास्थ्य समाजवादी आधुनिकीकरणको एउटा महत्वपूर्ण चिन्ह हो। चिनियाँ कम्युनिस्ट पार्टीको १८औं महाधिवेशनदेखि सी चिनफिङको नेतृत्वमा रहेको केन्द्रिय पार्टीले सधैं जनताको सर्वोच्चता र जीवनको सर्वोच्चता कायम राख्दै जनताको स्वास्थ्य सुनिश्चित गर्नलाई प्राथमिक विकासको रणनीतिक स्थानमा राखेको छ। यसले चिनियाँ विशेषतायुक्त स्वास्थ्य विकासको मार्गलाई अनुसरण गर्दै नयाँ युगमा स्वास्थ्य कार्यको नीति स्थापना गरेको छ। स्वस्थ चीनको निर्माणमा पूर्ण रूपमा अगाडि बढाउँदै संसारको सबैभन्दा ठूलो स्वास्थ्य र चिकित्सा प्रणाली स्थापित गरिएको छ, जसले चिनियाँ जनताको स्वास्थ्य स्तरलाई उल्लेखनीय रूपमा सुधार गरेको छ।

सी चिन फिङले स्वस्थ चीनको निर्माणमा दिएको एक श्रृंखलावद्ध महत्त्वपूर्ण विचारहरू उच्च दृष्टिकोणको साथ गहिरो अर्थ र गहन सोचका साथ प्रस्तुत गरिएको छ। यसले नयाँ युगमा चीनको स्वास्थ्य सेवाको विकासलाई गति दिन, चिनियाँ विशेषतायुक्त आधुनिकीकरणमार्फत सशक्त राष्ट्रको निर्माण र राष्ट्रिय पुन:उत्थानको कार्यमा सुदृढ स्वास्थ्य आधार तयार गर्ने महत्त्वपूर्ण अर्थ राखेको छ।