अघिल्ला ९ महिनामा निर्दिष्ट आकारभन्दा माथिका चीनका औद्योगिक उद्यमहरूको नाफा ५० खरब युआन भन्दा बढी
2024-10-27 15:36:47CRI
Share with:

चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले अक्टोबर २७ तारिख जारी गरेको तथ्याङ्कअनुसार, चालू वर्षको जनवरीदेखि सेप्टेम्बरसम्ममा चीनमा तोकिएको आकारभन्दा माथिका औद्योगिक उद्यमहरूको कुल नाफा ५२ खर्ब २८अर्ब १६ करोड चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.५ प्रतिशतले कम हो।

प्राप्त जानकारी अनुसार, निर्दिष्ट आकार भन्दा माथिका चीनको औद्योगिक उद्यमहरूले २ करोड चिनियाँ युआन भन्दा बढीको वार्षिक मुख्य व्यापार आय गर्छन्।

राष्ट्रिय तथ्याङ्क व्यूरोको औद्योगिक विभागका तथ्याङ्कविद् यु वेनिङले विश्लेषण गर्दै यसरी भन्नुभयो, ‘समग्रमा, तोकिएको आकारभन्दा माथिका औद्योगिक उद्यमहरूको मुनाफामा कमी आएको भए तापनि नयाँ औद्योगिक उर्जामा लचिलोपना देखापरेको छ। र औद्योगिक उद्यमहरूको स्थिरता र आत्मविश्वासमा वृद्धिसँगै औद्योगिक उद्यमहरूको लाभमा सुधार हुने अपेक्षा गरिएको छ।’ यु वेइनिङले भविष्यबारे चर्चा गर्दै अर्को चरणमा, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषदको निर्णय र बन्दोबस्तलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै संचिति नीतिको कार्यान्वयन र हालै शुरू गरिएको वृद्धिशील नीतिहरूको प्याकेजको कार्यान्वयनलाई गति दिनुपर्ने बताउनुभयो। साथै उहाँले औद्योगिक उद्यमहरूको स्वस्थ विकासको लागि राम्रो उत्पादन र सञ्चालन वातावरण प्रदान गर्दै औद्योगिक उद्यमहरूको मुनाफालाई पुनरुत्थानमा सघाउन आवश्यक छ।