अक्टोबर २८ तारिख चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ताले अमेरिकाले केही चिनियाँ व्यवसायमाथि निर्यात सम्बन्धी नियन्त्रण र नाकाबन्दी लगाएको विषयबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिएका छन्।
प्रवक्ताले जनाए अनुसार, हाल अमेरिकाले तथाकथित सेनासँग सम्बन्धित रहेको र इरानसँग सम्बन्धित रहेको निहुँ खोजेर ६ वटा चिनियाँ व्यवसायलाई “कालो व्यवसाय सूचि” मा समावेश गर्नुका साथै अन्य ३ वटा चिनियाँ व्यवसायलाई “परीक्षण गर्ननसकिने सूचि” मा राखेको छ। चीनले अमेरिकाको यस कारवाईको कडा शब्दमा असन्तोष व्यक्त गर्दै त्यसको दृढताका साथ विरोध गरेको छ।
प्रवक्ताका अनुसार, लामो समययता अमेरिकाले निर्यात सम्बन्धी नियन्त्रित नियमको दुरूपयोग गर्दै चीन लगायत अरू देशका व्यवसायमाथि दबाव र अवरोध लगाएकाले गम्भीर रूपमा व्यवसायहरूको वैधानिक हक-अधिकारलाई ध्वस्त पार्नुका साथै विश्वव्यापी व्यावसायिक-लाईन र आपूर्ति-लाईनको सुरक्षा र स्थिरतालाई बिगार्दै आएको छ।
तत्काल गलत कारवाई बन्द गरी आवश्यक कदम चालेर दृढताका साथ चिनियाँ व्यवसायको उचित हक-अधिकारको संरक्षण गर्न चीनले अमेरिकालाई ताकिता गरेको पनि प्रवक्ताले बताएका छन्।