दक्षिण एशियाली देशहरूमा चिनियाँ भाषाको लोकप्रियता-१
2024-10-28 09:14:32cri
Share with:

 

सेप्टेम्बर २७ तारिख विश्वभरका कन्फ्यूसियस इन्स्टिच्यूटहरूले "कन्फ्यूसियस इन्स्टिच्यूट दिवस" मनाएका छन्। बीस वर्षको अवधिमा,कन्फ्यूसियस इन्स्टिच्यूटले भाषाको माध्यमबाट सांस्कृतिक समायोजन गर्दै जन-जनलाई जोड्नका लागि प्रयास गरिरहेको छ, जसले विभिन्न देशका नागरिकहरू बीच व्यापक लोकप्रियता हासिल गरेको छ। वास्तवमा, हाल थुप्रै देशका नागरिकहरूले चिनियाँ भाषा अध्ययनमा उच्च चासो देखाउँदै विभिन्न माध्यममार्फत भाग लिइरहेका छन्।

 

मेरो चिनियाँ नाम मङछ हो, म कोलम्बो विश्वविद्यालयको पहिलो वर्षकी विद्यार्थी हुँ, मैले विश्वविद्यालयमा चिनियाँ भाषालाई मुख्य विषय छानेकी छु। मैले अनलाइनमा चिनियाँ चित्रकला हेरेकी थिएँ, त्यसैले म चिनियाँ लेखन सिक्न चाहन्छु, यहीँबाट मेरो चिनियाँ भाषा अध्ययन सुरु भएको हो।

 

म मा यिङ हुँ, अहिले २२ वर्षक भएँ, र २०१६ देखि म चिनियाँ भाषा अध्ययन गर्दैछु। मेरी दिदीले पनि चिनियाँ भाषा अध्ययन गरेकी छिन्, उनले पैचिङ भाषा विश्वविद्यालयबाट स्नातक गरेकी छिन्। म पनि चीन जान चाहन्छु, चिनियाँ भाषा सिक्न चाहन्छु।

 

यी दुई युवती श्रीलङ्काका विश्वविद्यालयका विद्यार्थी हुन्, उनीहरुले चिनियाँ भाषा अध्ययन गर्न चाहेका छन्। वास्तवमा विगत केही वर्षहरूमा चीन र श्रीलङ्काबीचको सांस्कृतिक आदान-प्रदानको निरन्तर प्रगतिको परिणामस्वरूप, "चिनियाँ भाषाको लोकप्रियता" बढ्दो क्रममा छ र धेरैजसो श्रीलङ्कावासीहरूले चिनियाँ भाषा सिक्न थालेका छन्।

 

विद्यार्थीहरू मात्रै होइन, धेरैजसो कर्मचारीहरू पनि चिनियाँ भाषाको अध्ययनको यो लहरमा सामेल भएका छन्। पण्डेरा श्रीलङ्काको एक ठूला कम्पनीका विभागका प्रबन्धक हुन। गत वर्ष, यस समूहले चीनको एक विद्युतीय सवारी सञ्चार कम्पनीसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ। पण्डेराले आफू र आफ्ना धेरै सहकर्मीहरू अहिले चिनियाँ भाषा अध्ययन गरिरहेक बताउँदै यो उनीहरूको काममा निकै सहयोगी रहेको सुनाए।

 

यस वर्षको जनवरीमा हामीले शन चनको भ्रमण गरेका थिय। हामीले चिनियाँ भाषा अध्ययन गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको बुझ्यौ। किनभने यदि कम्पनीबाट आएका प्रतिनिधिहरूसँग कुरा गर्नुपर्‍यो भने हामीलाई उनीहरूसँग संवाद गर्न सजिलो हुन्छ। कागजात वा इ-मेलको प्रक्रिया गर्दा हामी उनीहरूसँग राम्रोसँग संवाद गर्न सक्छौ, यद्यपि हामीलाई आधारभूत चिनियाँ भाषा ज्ञान छ भने पनि हाम्रो कामको लागि निकै उपयोगी छ।