इजरायलद्वारा श्रृङ्खलाबद्ध इरानी सैन्य आधारमाथि प्रहार
2024-10-28 17:48:07cri
Share with:

अक्टोबर २८ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्यानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै अरू देशको सार्वभौमिकता सुरक्षालाई उल्लङ्घन गर्ने कारवाईको चीनले विरोध गर्नुका साथै जथाभावी रूपमा सशक्त शक्तिको दुरूपयोगको विरोध गरेको जनाउनुभएको छ। उहाँले २६ तारिख इजरायलले श्रृङ्खलाबद्ध इरानी सैन्य आधार तथा प्रबन्धमाथि प्रहार गरेको पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै औँल्याउनुभएको हो।

 

प्रवक्ता लीनका अनुसार, वर्तमान मध्य-पूर्वी परिस्थिति उच्च तनावपूर्ण रहेकाले सम्बद्ध विभिन्न पक्षहरूले क्षेत्रीय समष्टिगत खतरालाई नचर्काउनु ज्यादै आवश्यक कुरा हो। अन्तर्राष्ट्रिय समाज विशेषत: प्रभावकारी ठूला मुलुकहरूले रचनात्मक भूमिका निर्वाह गर्दै क्षेत्रीय तनावपूर्ण परिस्थितिलाई शिथिल पार्नका लागि आवश्यक वातावरणको सिर्जना गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।