चीनको अन्तरिक्ष स्टेशन मिसनले कुनै पनि समयमा सहभागी हुन संसारभरका सहकर्मीलाई स्वागत गर्ने
2024-10-29 14:42:45cri
Share with:

अक्टोबर २९ तारिख बिहान च्युछ्युन उपग्रह प्रक्षेपण केन्द्रमा शनच नं १९ मानववाहक मिसनको पत्रकार सम्मेलन आयोजना गरिएको छ।

 

सो अवसरमा प्रवक्ताले जानकारी दिएअनुसार, थ्येनकुङ अन्तरिक्ष स्टेशनसँग प्रशस्त वैज्ञानिक अनुप्रयोग स्रोत र पूर्ण समर्थन क्षमता छन् भने शनच मानवयुक्त यातायात प्रणाली र थ्येच कार्गो प्रणालीसँग आकाश र जमिनबाट कर्मचारी र सामग्री ढुवानी गर्ने भरपर्दो र स्थिर क्षमता छन्। यो अन्तर्राष्ट्रिय सहयोगको लागि उत्कृष्ट मञ्च हो।

 

हाल संयुक्त राष्ट्र संघको बाह्य अन्तरिक्ष मामिला सहयोगको चिनियाँ आवेदन परियोजना कक्षमा प्रयोग भइरहेका छन्। यो पहिलो खेपको वेदनमा चिनियाँ अन्तरिक्ष स्टेशन उडानमा भाग लिन चाहने अन्तरिक्ष यात्री छनोट तथा तालिमका लागि सम्बन्धित देशसँग थप संयुक्त प्रयोगात्मक अनुसन्धान र परामर्श कार्यान्वयनलाई पनि बढावा दिइरहेको छ।

 

प्रवक्ताले संक्षेपमा भने, चिनियाँ अन्तरिक्ष स्टेशन चीनको अन्तरिक्ष स्टेशन मात्र होइन तर मानव अन्तरिक्ष प्रविधिको विकासलाई प्रवर्द्धन गर्ने र सबै मानव जातिलाई फाइदा पुर्‍याउने अन्तरिक्ष स्टेशन पनि हो। चीनले चीनको अन्तरिक्ष स्टेशन मिसनद्वारा कुनै पनि समयमा सहभागी हुन संसारभरका सहकर्मीलाई स्वागत गरेको छ।