"म समतलमा सुत्न सक्दिन, मेरो छाती कसिलो भएर सास फेर्न गाह्रो लाग्यो,” विशेषज्ञको प्रश्नबारे राजलाग्दो साङतिङच्याछोले यसरी जवाफ दिए।
सन् २०२३को जुलाइ ११ तारिख ७जना विशेषज्ञद्वारा गठित चिकित्सा टोली तिब्बती छाङतु शहरी लोलुङ जिल्ला खाङशा बस्ति गएर स्थानीय बासिन्दाका लागि निःशुल्क चिकित्सा दिएको थियो। सो अवसरमा उनीहरूले स्कोलियोसिस रोगी साङतिङच्याछोलाई भेटेका थिए। पैचिङ छिङह्वा विश्वविद्यालय अस्पतालका चिकित्सक चाङ सिनह्वीले रोगको लागि स्क्रिनिङ गर्ने प्रक्रियामा स्कोलियोसिस रोग लागेको केटा साङतिङच्याछोलाई भेट्नुभयो।
स्कोलियोसिस यो मेरुदण्डको त्रि-आयामी विकृति हो। यो रोगको मुख्य खतरामा उपस्थित विकृति, कार्डियोपल्मोनरी प्रकार्य र शारीरिक स्वास्थ्यलाई प्रभावित गर्ने आदि छन्।
“उनको शल्यक्रिया गर्नुपर्छ।”बिहान निःशुल्क चिकित्सा गरेपछि चिकित्सक चाङले खाना खाँदै चिकित्सा टोलीको समितिका कर्मचारीलाई साङतिङको रोगको अवस्थाबारे सुनाउनुभयो। “उनी १६ वर्षीय मात्र छन्। हाल शल्यक्रिया नलिएमा भविष्यमा मौका हुने छैन।”
समितिका कर्मचारीले फोनद्वारा वैचारिक आदानप्रदान गरी विशेष कोषमार्फत् पैचिङमा चिकित्सा दिने निश्चित गरेका थिए। त्यसै गरी खाङ शा बस्तीका प्रमुख निमातानचेङले तुरून्तै साङतिङको परिवारसँग सम्पर्क गर्नुभयो।
खाना खाएपछि चिकित्सकहरूले खाङशा बस्तिको अस्पतालमा निरन्तर रूपमा निःशुल्क चिकित्सा जारी गरेका थिए। चिकित्सक चाङले साङतिङलाई अझै पूर्ण निरीक्षण दिनुभयो।
“नरोउ, तिमीले पैचिङमा शल्यक्रिया गर्नुपर्छ। तिम्रो विकृति तुलनात्मक रूपमा गम्भीर हुनुका साथै उमेर पनि बढी छ। भविष्यमा तिम्रो विकृति झन् झन् गम्भीर हुनेछ। जसले मुटु प्रेस गरेर सास फेर्न गाह्रो हुनेछ। यसरी तिमी केही पनि गर्न सक्दैनौ।” चिकित्सक चाङले साङतिङलाई रोगको गम्भीरता सुनाउनुका साथै उनको भावना शान्त पार्नुभएको थियो। “तिम्रो विशेष कारणले सर्जरी दुई वा तीन पटक विभाजित हुनेछ। यद्यपि प्रक्रिया दुःखद भए तापनि कृपया आफ्नो जोखिम हटाउन डर नपाल्नु। यो अन्तिम मौका हो र भविष्यको लागि आशा पनि हो।”
सौतेला पिता छ्युयाङलचुका अनुसार, उमेर बढ्नुका साथै विकृति स्पष्ट रूपमा बढेको छ। जसले छोराको दैनिक जीवन तथा पढाइमाथि प्रभाव पारिसकेको छ। “ यहाँ चिकित्सा दिन नसक्ने बुझियो। तर पैचिङका विशेषज्ञहरूले केटामाथि नजर पुर्याएर यो कठिनाइको समाधान गर्न सहयोग गर्ने आशा गर्छु। आज यो विचार अन्त्यमा साकार तुल्याइएको छ। सबैलाई धन्यवाद।”
विशेषज्ञहरूले साङतिङलाई “पुनःजन्म”को आशा पठाएका छन्। “म पैचिङमा चिकित्सा सेवा लिन जान्छु। यदि म निको भएँ भने, म आफ्नो अध्ययन जारी राख्न चाहन्छु।” साङतिङले भने।